नियम
समितिको गठन

(१) कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने काम समेतको लागि एक कोष सञ्चालक समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछः–

(क) मन्त्रालयको सचिव – अध्यक्ष
(ख) सहसचिव, शिक्षा मन्त्रालय – सदस्य
(ग) सहसचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(घ) सहसचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – सदस्य
(ङ) सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(च) महानिर्देशक, महिला तथा बालबालिका विभाग – सदस्य
(छ) प्रहरी नायव महानिरीक्षक, महिला तथा बालबालिका निर्देशनालय, प्रहरी प्रधान कार्यालय – सदस्य
(ज) एकल महिलाको क्षेत्रमा कार्यरत गैरसरकारी, सामुदायिक वा सहकारी संस्थाहरूमध्ये समितिले तोकेको संस्थाबाट प्रतिनिधित्व हुने गरी कम्तीमा दुई जना महिला – सदस्य
(झ) मन्त्रालयको सहसचिव (महिला विषय हेर्ने) – सदस्य –सचिव

(३) उपनियम (२) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले आफ्नो पद अनुरुप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम सदस्यबाट हटाउनु अघि मन्त्रालयले निजलाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।